ए डिभिजन लिग : हिमालयन शेर्पा र मनाङले खेले बराबरी


काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले १-१ गोलको बराबरी खेलेका छन्।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १४औं मिनेटमा निरन्जन धामीले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए।

सुरुआतमै पछाडि परेको हिमालयन शेर्पाका लागि ३६औं मिनेटमा अबायोनी फाकुनेले बराबरी गोल फर्काएका थिए। बराबरीसँगै १७ खेलबाट २१ अंक जोडेको मनाङ सातौं स्थानमा उक्लिएको छ।

समान खेलबाट २१ नै अंक जोडेको हिमालयन शेर्पा नवौं स्थानमा छ। आजै भएको अर्को खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले संकटा क्लबविरुद्ध १-२ को रोमाञ्चक जित निकालेको थियो।

प्रतिक्रिया