वीर अस्पतालकी लेखाकी कर्मचारीविरुद्ध अख्तियारमा उजुरी


काठमाडौं – वीर अस्पतालमा कार्यरत कम्प्युटर सहायक अधिकृतविरुद्ध अख्तियारमा उजुरी परेको छ । अस्पतालको लेखा शाखामा कार्यरत कम्प्युटर सहायक अधिकृत रिना सिटिखुले अस्पतालको लेखा शाखामा रहेर विभिन्न किसिमको हिनामिना र अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान लगायतका विभिन्न निकायमा उजुरी परेको हो ।

उनले कर्मचारीहरुको सञ्चयकोष र नागरिक लगानीकोषको रकम ६ महिनासम्म नपठाउने, करार र ज्यालादारी कर्मचारीसँग कमिशन माग्ने र कतिपय अवस्थामा कर्मचारीहरुले लेखाशाखाबाट सिफारिस लिँदा रकम लिएर मात्रै बनाउने गरेको भन्दै पीडित कर्मचारीहरुले उजुरी दिएका हुन् ।

वीर अस्पतालका कर्मचारीहरुले सिटिखुविरुद्ध अख्तियारका साथै स्वास्थ्य मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, सम्पत्ति शुद्धीकरण, राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी दिएका छन् ।

 

 

प्रतिक्रिया