

ट्र्याक्टर दुर्घटना हुँदा १ रोल्पा लुङ्ग्रीका रोकाको मृत्यु

रोल्पा – लुङ्ग्री गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लुङ्ग्री–५ सर्कनाका १३ वर्षीय खेमराज रोकाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार रा१त ३८८१ नम्बरको ट्र्याक्टर गएराति लुङ्ग्री गाउँपालिकाको मछेटीमा दुर्घटना भएको हो। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।
लुङ्ग्रीको दोमैमा सडक निर्माणमा खटिएका कामदार काम सकेर बास बस्नका लागि किलाचौरतर्फ जाँदै गर्दा ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका मजदुरको प्राथमिक स्वास्थ्यचौकी सुलीचौरमा उपचार भइरहको छ।

