नेत्र ज्योति संघ मुगुको सभापतिमा मल्ल


मुगु – नेपाल नेत्र ज्योति संघ मुगुको सभापतिमा तिलक बहादुर मल्ल निर्विरोध निर्वाचित भएका छन् । संघको जिल्ला कार्य समिति चयनका लागि भएको निर्वाचन बाट मल्लको नेतृत्वमा १३ सदस्य समितिका सबै सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

नव निर्वाचित सभापति मल्लका अनुसार कार्य समितिमा उपसभापतिमा लोक जङ्ग मल्ल, सचिव नरेन्द्र बहादुर रावल, सहसचिव सितला कुमारी बुढा मल्ल, कोषाध्यक्ष भिम तिरुवा, सहकोषध्यक्ष राकेश रोकाया निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै महिला सदस्य हिरादेवि मल्ल, अप्सरा खत्री , सदस्यमा मन बहादुर डाँगर, अज बहादुर सेजुवाल, प्यारी लाल काफ्ले, धनसिला मल्ल र जानकी शाही निर्विरोध निर्वाचित भएका छन् ।

संघमा हालसम्म १ सय २० जना आजिवन  सदस्य रहेका छन् । जिल्लाभरि आँखा, कान सम्बन्धी रोगका उपचार तथा विभिन्न सेवा दिने कार्यमा सहयोग र समन्वय गर्ने कार्य गर्दै आएको छ ।

प्रतिक्रिया