शरणार्थी प्रकरणः प्रभावकारी अनुसन्धानका लागि सिविआईलाई जिम्मा लगाउन एमाले महासचिवको अनुरोध


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भुटानी शरणार्थी प्रकरणको जिम्मा सिबिआईलाई लगाउनु पर्ने जनाएका छन् ।

नक्कली शरणार्थी प्रकरणसँग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेको जनाउँदै महासचिव पोखरेलले अनुसन्धान प्रभावकारी बनाउन जोड दिएका हुन ।

‘नक्कली शरणार्थी प्रकरणसँग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेका छन् तर अनुसन्धानको गति धिमा र विवादास्पद बन्दैछ,’  पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन, ‘प्रभावकारी अनुसन्धानका लागि सिविआईलाई जिम्मा लगाउने हो कि ? किनकी दोषि कोही नछुटुन् र निर्दोस कोही नपरुन् भन्नका लागि अनुसन्धान प्रभावकारी हुनु आवश्यक हुन्छ ।’

प्रतिक्रिया