यसरी गर्दैछ महानगरले अव्यवस्थित तार हटाउने काम (फोटोफिचर)


काठमाडौं – काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अब्यबस्थित तार काट्ने कार्यको आजदेखी सुरु गरेको छ ।

महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न  स्थानमा  रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको हो ।

गत आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका  प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजवाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका थिए ।

जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति अनुसार आजवाट हटाउन लागिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया