
ओली क्याबिनेटका दुई जना मन्त्री हामीसँग आउन वार्तामा छन्ः प्रचण्ड
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका दुई जना मन्त्री आफ्नो समूहमा आउन लागेको प्रचण्डले खुलासा गरेका छन्।
बुधबार राजधानीमा भएको प्रतिनिधि सभा विघटनविरूद्धको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीलाई विद्रोहको सभा हेर्न चुनौति दिँदै भने,‘तपाईले गल्ती गर्नुभयो, तपाईले मन्त्री बनाउनुभएका दुई जना हामीसँग आउनका लागि मैसँग वार्ता गरिरहेका छन्।’
आफ्नो निर्वाचन क्षेत्रमा ओलीले राम मन्दिर बनाउने घोषणा गरेको उल्लेख गर्दै उनले आफू खुसी हुने बताए। तर, उक्त घोषणा ओलीको ठगी, नक्कली कुरा भएको प्रचण्डले दाबी गरे।



कागजपत्र |
