

प्रचण्ड क्याबिनेटमा कांग्रेसबाट ३ मन्त्री थपिए, स्वास्थ्यमा मोहन बस्नेत

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा नेपाली कांग्रेसका ३ जना मन्त्री थपिएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेसका ३ नेतालाई मन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

