

बालुवाटारमा सत्ता गठबन्धनको बेठक जारी

काठमाडौं – सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनदलको बैठक केहीस्बेर अघि सुरु भएको हो ।
बैठकमा सरकारको नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल हुने बताइएको छ । उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ ।
तर, रास्वपाले गृह मन्त्रालयसहित साविकका मन्त्रालय पाए मात्रै सरकारमा जाने अडान राखेको छ । यदि रास्वपा सरकारमा सहभागी भए गठबन्धनमा रहेका दलबीचको भागबन्डामा हेरफेर हुने देखिएको छ ।
हाल गृह माओवादी केन्द्रको तर्फबाट नारायणकाजी श्रोठ मन्त्री बनेका छन् ।

