

दार्चुलामा हिमपहिरो, यार्सा टिप्न गएका सर्वसाधारण प्रभावित

काठमाडौं- दार्चुलाको ब्याँस गाउँपालिका- १ बोलिनमा हिमपहिरो गएको छ । आज मंगलबार दिउँसो ३ बजेतिर हिमपहिरो गएको प्रहरीले जनाएको छ ।
हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण प्रभावित भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएपी शैलेन्द्र थापाले जानकारी दिए ।
हिम पहिरो गएको क्षेत्रमा सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टोली जाँदै गरेको उनले बताए ।
बोलिनमा यार्सागुम्बा टिप्न गएका ८/९ जना त्रिपाल टाँगेर बसेका थिए ।

