


नेपाललाई तेस्रो झट्का, कप्तान रोहित पौडेल १ रन बनाएर आउट

काठमाडौं — एसीसी प्रिमियर कपको फाइनलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
नेपालका कप्तान रोहित पौडेल १ रन बनाउँदै आउट भए । उनलाई युएईका रोहन मुस्तफाले आउट गरेका हुन् ।
त्यसअघि नेपालले कुशल भुर्तेल र आशिफ शेखलाई पनि गुमाएको थियो ।
अहिले नेपालका लागि गुल्सन झा र भिम सार्कीले ब्याटिङ गरिरहेको छ ।
नेपाललाई जितका लागि ५० ओभरमा ११८ रनको आवश्यक रहेको छ । अहिले ९ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर २३ रन बनाउँदै खेलिरहेको छ ।

