


नेपालले पायो ११८ रनको लक्ष्य

काठमाडौं — एसीसी प्रिमियर कप फाइनलको उपाधिका लागि नेपालले ११८ रनको लक्ष्य पाएको छ ।
वर्षाका कारण स्थगित खेलको दोस्रो दिनको खेल सुरु हुँदा १०६ रनमा अगाडि खेल्न सुरु गरेको युएईले थप ११ रन बनाउँदा अन्तिम विकेट गुमायो ।
नेपालका लागि अन्तिम विकेट ललित नारायण राजवंशीले लिए ।
युएईलाई ११७ रनमा समेट्न नेपालका लागि ललितले ४ विकेट लिए भने सन्दीप लामिछाने र करण केसीले २÷२ विकेट लिए । त्यस्तै नेपालका लागि सोमपाल कामी, गुल्सन झाले १÷१ विकेट हात पारेका थिए । युएई ३३.१ ओभरमा ११७ रनमा समेटिएको थियो ।
अब केही बेरमा नेपालले ब्याटिङ सुरु गर्नेछ ।

