एसीसी प्रिमियर कपः नेपाल टस जितेर बलिङ गर्दै


काठमाडौं — राजधानीमा जारी मेन्य एसीसी प्रिमियर कपमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालले टस जितेर बलिङ रोजेको हो । नेपालले बलिङ रोजे पछि युएईले पहिले ब्याटिङ गर्दैछ ।

नेपालको टोलीमा एक परिवर्तन भएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा गुलसन झाले स्थान बनाएका छन् ।

नेपालको प्लेइङ–११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर) , कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललितनारायण राजवंशी

 

प्रतिक्रिया