

बिहान ६ बजेदेखि नै कीर्तिपुर क्रिकेट मैदान पुगे दर्शक…

काठमाडौं – एसीसी मेन्स प्रिमियर कपको फाइनलमा आज सोमबार नेपाल र युएई खेल्दै छन् । बिहान ९ बजेदेखि सुरु हुने खेलमा ६ बजेदेखि नै दर्शकहरु त्रिविस्थित क्रिकेट मैदान पुगिसकेका छन् ।
नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ ।
उता, नेपालसँग जित हात पारेर युएई चौथोपटक एसिया कपमा स्थान बनाउन चाहन्छ । नेपाल र युएईबीचको खेल बिहान नौ बजेबाट टियु क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।
आजको खेल वर्षाका कारण अवरुद्ध हुने सम्भावना मौसम विभागले जनाए पनि दर्शकहरु बिहानै देखि रंगशाला पुगेका हुन् ।

