शपथ ग्रहण बहिस्कार गरेका उपराष्ट्रपति पुन अख्तियारको बार्षिक उत्सवमा सहभागी


काठमाडौं– संवैधानिक निकायका प्रमुखलगायतको शपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक उत्सवमा सहभागी भएका छन्।

प्रेमकुमार राई प्रमुख आयुक्त भएपछि अख्तियारले गरेको बार्षिकोत्सव समारोहमा पुन सहभागी भएका हुन्। अख्तियारले बार्षिक प्रगति विवरण र प्रतिवेदनसहित प्रहरी प्रधान कार्यालयमा बार्षिकोत्सव कार्यक्रमको औपचारिक सुरुआत गरेको छ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि छन्।

प्रतिक्रिया