

देशभर थप १०३ जनामा कोरोना पुष्टी

काठमाडौं – नेपालमा गत २४ घन्टामा थप १०३ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर गरिएका १९२५ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा ५३ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ५४ हजार ३१६ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिलेको अवस्थामा ३ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।

