एसीसी प्रिमियर कपः आज नेपाल र कतार भिड्दै


काठमाडाैं – एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतारबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतका बीचमा प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

यसअघिको खेल पानी परेका कारण रद्द भएपछि नेपालले साउदी अरबसँग अ‌ंक बाडेको थियो । जससँगै नेपाल सेमिफाइनलमा गएको थियो।

प्रतिक्रिया