आजको माैसमः पश्चिमी भेगमा आंशिक बदली


काठमाडौं – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरुमा सामान्यदेखि आंशिक बदली तथा बाँकी भू-भागहरुमा मौसम आंशिक बदलीदेखि समान्यतया सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

सुदूरपश्चिम प्रदेशलगायत कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग, हावा-हुरीबाट हुन सक्ने क्षति जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउ महाशाखाले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया