

तनहुँमा आधा मतगणना सकियो, कांग्रेस-एमाले दुवैको जोड्दा पनि वाग्लेले लिए १६ सय बढी मतको अग्रता

तनहुँ – तनहुँ निर्वाचन क्षेत्रन नं. १ को झन्डै आधा मतणना सकिएको छ। निर्वाचन क्षेत्रमा पर्ने ४२ वडामध्ये दिउँसो तीन बजेसम्म २२ वडाको मतगणना सकिएको हो।
अहिलेसम्म अहिलेसम्म ३१ हजार २१९ मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले १५ हजार ९५८ मत ल्याएका छन्। नेपाली कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० र एमालेका सर्वेन्द्र खनालले ५१६६ पाएका छन्।
यसबाट वाग्ले भट्टराईभन्दा ६ हजार ८ सय ३६ मतले अगाडि रहेका छन् भने खनाल भन्दा १० हजार ७ सय ९२ मतले अगाडि रहेका छन् । अहिलेको अवस्थामा कांगेस र एमाले उम्मेदवार दुवैको मत जोड्दा पनि वाग्ले १ हजार ६ सय ७२ मतले अगाडि रहेका छन् ।
तीमध्ये आबुखैरेनी गाउँपालिकाका ६, भानु नगरपालिकाका ११ र देवघाट नगरपालिकाका ४ वडाको मतगणना सकिएको छ।
गणना भएकामध्ये अधिकांश वडाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अन्य उम्मेदवारभन्दा बढी मत पाएका छन्।

