चितवन-२ : इच्छाकामनाको दुई वडाको गणना सकिँदा रविलाई ११५५ रामप्रसादलाई ६६५ मत


चितवन – चितवन-२ को उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

सूरुवाती चरणमा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेसँग पछि परेका लामिछानेले इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा अग्रता लिएका हुन् ।

उनले ११५५ मत प्राप्त गर्दा नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन् ।

प्रतिक्रिया