

स्वर्णिमलाई दोब्बर बढी मतको अग्रता, सर्वेन्द्र तेस्रोमै

तनहुँ – तनहुँ १ मा जारी मतगणनाको अपडेट प्राप्त भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले दोब्बरभन्दा बढी मतान्तरका साथ अग्रस्थानमा छन् । बिहान ७ः३० बजेसम्म वाग्लेले ६२०३ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको २७०० मत छ । वाग्ले र भट्टराईबीच ३५०३ मतको फरक छ ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले १६५८ मत प्राप्त गरेका छन् । गोविन्द र सर्वेन्द्रबीच १०४२ भोटको फरक छ ।
हालसम्म भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिका गरी ७ वटा वडाको गणना सकिएको छ ।

