चितवनमा ८ बजे सर्वदलीय बैठक, उजुरी उपर छानबिन नभएसम्म मतगणना नगर्न कांग्रेसको अडान


चितवन – चितवन क्षेत्र नं. २ मा मतगणना सुरू गर्न बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ ।

गएराति नै बैठक बस्न खोजिएकोमा कांग्रेसले आफूले दायर गरेको उजुरीमा छानबिन नभएसम्म मतगणना नगर्न अडान राखेको थियो ।

कांग्रेस सभापति राजेश्वर खनालले रास्वपा उम्मेदवार रवि लामिछाने र चितवनका सीडीओविरुद्ध दिएको उजुरीको कारबाही टुंगो नलगाएसम्म मतगणना हुन नदिने बताएका छन् ।

बिहान मतगणनास्थलमा सर्वदलीय बैठक राखेर सहमतिमा पुगी गणना थाल्ने आयोगको तयारी छ ।

प्रतिक्रिया