

सिञ्जा गाउँपालिका पूर्ण खोप सुनिश्चितता

काठमाडौँ – जुम्लाको सिंजा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ।
पालिकाभित्रका ६ वटै वडाका खोप लगाउने उमेर समूहका सम्पूर्ण बालबालिकालाई खोप लगाएपछि सिंजालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।
पूर्ण खोप जिल्ला घोषणा भए पनि शून्यदेखि २३ महिना भित्रका बालबालिका पूर्ण खोप पाए नपाएको सुनिश्चित गर्नका लागि हरेक वर्ष खोप सुनिश्चित गर्नुपर्ने व्यवस्था रहेको सिंजा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
शाखाका अनुसार खोपबाट धेरै किसिमका रोगबाट बच्ने भएकाले हरेक बालबालिका नछुटाएर खोप लगाउनु पर्ने हुन्छ। खोप नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको छ।

