आन्दोलनमा प्रचण्ड–नेपाल समूहले खोज्यो पश्चिमा मुलुकको समर्थन


काठमाडौं– छिमेकी मुलुक भारतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक कलह र प्रतिनिधि सभा विघटनका विषयमा खासै चासो नदेखाएपछि पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले पश्चिमा मुलुकको समर्थन खोजेको छ।

मंगलबार पत्रकार सम्मेलन गरी उक्त समूहले यस्तो समर्थन खोजेको हो। अमेरिका र युरोपेली युनियनलगायतले प्रतिनिधि सभा विघटनविरुद्ध सहयोग गर्नुपर्ने सो क्रममा बताइएको थियो। चीन र भारतको समेत समर्थन खोजेको बताइयो।

बुधबार काठमाडौंमा आमसभा गर्नुअघि विभिन्न मुलुकका सञ्चार माध्यममा आवद्ध रहेकाहरूसँग प्रचण्ड–नेपाल समूहले अन्तरक्र्रिया गरेको हो। सो क्रममा प्रचण्डले ‘धर्म निरपेक्षता, गणतन्त्र र शान्ति प्रक्रियामाथि प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भिर प्रहार गरी सदन विघटन गरेको’ बताए।

‘लोकतन्त्रको हत्या भयो भनेर विदेशी शक्तिलाई भनेका छौं, विदेशी समुदायले हामीलाई सहयोग गर्नका लागि अपिल पनि गरिएको छ’, प्रचण्डले भने,‘असंवैधानिक हिसाबले भएको कदमको सदर भएर चुनाव गरिए त्यो पनि असंवैधानिक हुने र स्थिति राम्रो नहुने प्रष्ट देखिन्छ।’

प्रतिक्रिया