पछिल्लाे २४ घण्टामा थप १६० जनामा संक्रमण, दुई जनाको मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ। ४ हजार ३०९ जनाको पिसिआर परीक्षण गरिएकोमा १६० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संक्रमण पुष्टि हुनेमा ९९ महिला र ६१ पुरुष छन्। यससँगै देशभर २ लाख ७२ हजार २१५ जनामा कोभिड१९ संक्रमण पुष्टि भएको छ।

आज कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ यससँगै देशभर मृत्यु हुनेको संख्या २०४७ पुगेको छ।

प्रतिक्रिया