पानीमार्फत १५ हजारलाई विष खुवाउने प्रयास


अमेरिका – अमेरिकाको फ्लोरिडा राज्यस्थित एक शहरको खानेपानी आपूर्ति संयन्त्रलाई ह्याक गरेर पानीमा विषालु रसायन मिसाउने कोसिस गरेको भेटिएको छ । एक कम्प्युटर ह्याकर समूहले एकैपटक १५ हजार जना शहरवासीलाई एकैपटक विषाक्त रसायन खुवाउने प्रयास भएको खुलासा भएको हो ।

अमेरिकी अधिकारीहरूका अनुसार ह्याकरले ओल्डस्मार शहरको वाटर ट्रिटमेन्ट सिस्टमलाई ह्याक गरेर पानीमा सोडियम हाइड्रोक्साइडको मात्रा बढाउने कोसिस गरेका हुन् । उनीहरूले टिमभ्युअर नामक सफ्टवेयरबाट कम्प्युटर प्रणालीमा नियन्त्रण गरेका थिए ।

यद्यपि पूरै शहरवासीलाई विष दिने प्रयास भने असफल भएको छ । रसायन भने थोरै परिमाण पानीमा मिसिएको जनाइएको छ । सामान्यतया पानीमा अम्लीयपना नियन्त्रण गर्न थोरै मात्रामा प्रयोग गरिने रसायनको उच्च मात्राले स्वास्थ्यमा गम्भीर असर पार्छ । एजेन्सी

प्रतिक्रिया