देशभर थपिए १०३ कोरोना संक्रमित, ६१ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा गत २४ घन्टामा थप १०३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका १६४५ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा ६१ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । अहिलेको अवस्थामा नेपालमा ३९७ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ८ हजार ९५८ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

गत २४ घन्टामा कोही पनि संक्रमितले ज्यान नगुमाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १२ हजार २५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया