८० वर्षीया वृद्धालाई जबरजस्ती करणी आरोपमा एक जना पक्राउ


काठमाडौं – कञ्चनपुरबाट प्रहरीले जबरजस्ती करणी आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दोधारा–चाँदनी नगरपालिका–७ टाउके टोलका ४० वर्षीय मुकेश क्षेत्री पक्राउ परेका हुन् । उनी शनिबार पक्राउ परेको प्रहरीले बताएको छ ।

क्षेत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया