रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ


काठमाडौँ – रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ परेका छन् ।

रौतहटको गढीमाई नगरपालिका ८ स्थित सडक विस्तारको क्रममा भएको झडपमा गोली चलाएको उनीहरू पक्राउ परेका हुन् ।

शनिवार दिउसो झडपमा चलेको गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो । स्थानीय निरञ्जन राय यादव र प्रताप यादवलाई पनि गोली लागेको छ ।

प्रहरीका अनुसार गोली लागेर घाइते निरञ्जन, रामकुमार र अन्य दुई घाइतेको उपचार गरुढास्थित ग्राण्डि अस्पतालमा भइरहेको छ । निरञ्जनको अवस्था गम्भीर छ । उक्त गोली काण्डमा संलग्न रहेको आरोपमा १६ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया