

२० दिनदेखि बेपत्ता पुरुषको शव फेला

सल्यान – सल्यानमा २० दिनदेखि बेपत्ता एक पुरुषको शव फेला परेको छ । शारदा नगरपालिका-७ ओख्रेनीका ३८ वर्षीय भद्रबहादुर विक हराएको २० दिनपछि शनिबार मृत फेला परेका हुन्।
शारदा नगरपालिका-७ कागेखोलास्थित मसिना सामुदायिक वनको भीरमा सडेगलेको अवस्थामा गाईबाख्रा चराउन जंगल गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।
मृतक विकका छोराले कपडाको आधारमा सनाखत गरेको उनको भनाइ छ । विक गत चैत १२ गते घरबाट निस्किएपछि बेपत्ता भएका थिए ।विकको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा ल्याइएको र अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

