

बुढानिलकण्ठको एक घरबाट साढे २२ लाखको धनमाल चोरी

काठमाडौं – नयाँ वर्षको अघिल्लो दिन बुढानिलकण्ठको एक घरमा चोरी भएको छ ।
बुढानिलकण्ठ नगरपालिका-७ हेपालीहाईट बस्ने माया शेर्पाको घरबाट नगद १५ लाख रूपैयाँ, यूरो ५ सय, ६ तोला बराबरको सुनका गहना, मोबाइल १ थान र २ थान ल्यापटप चोरी भएको हो ।
चोरी भएको नगदसहित सामान मूल्य करिव २२ लाख ५० हजार भएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

