खुल्यो नयाँ स्टक एक्सचेन्ज र कमोडिटीको लाइसेन्स
काठमाडौँ – नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स खुलेको छ । नेपाल धितोपत्र बोर्डले उक्त लाइसेन्स खुलाएको हो ।
बोर्डले यसअघि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने नियमावली संशोधन गरे पनि सर्वोच्च अदालतले रोक लगाएपछि लाइसेन्स दिने प्रक्रिया रोकिएको थियो ।
हाल सर्वोच्चले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने बाटो खुलाएको छ । सर्वोच्चले बाटो खुलाएसँगै बोर्डले बिहीबार एक सूचना जारी गर्दै इच्छुक कम्पनीलाई आवेदन दिन भनेको हो ।
सर्वोच्चले रोक लगाउनुअघि नै बोर्डले लाइसेन्स खुलाएको थियो । बोर्डले १० दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।