

कोरोनाबाट आज पनि एक जनाको मृत्यु, १२१ जनामा संक्रमण पुष्टि

काठमाडौं – कोराना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट नेपालमा लगातार दोस्रो दिन मृत्यु भएको छ ।
यसअघि असोज ८ गतेपछि पहिलो पटक मंगलबार कोराना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण एक जनाले ज्यान गुमाएका थिए । योसँगै देशमा कोभिडबाट मृत्यु हुने कूल सङ्ख्या १२ हजार २२ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ३७७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ५८ जना एन्टीजेन विधिबाट ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ८१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै पीसीआर विधिबाट देशभर सङ्क्रमितको सङ्ख्या ४४५ पुगेको छ । यही अवधिमा थप ४२ हजार १८० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

