

सगरमाथा हिमपहिरोमा परी तीन जना बेपत्ता

काठमाडौं – सगरमाथा हिमपहिरोमा परी तीन जना आरोहणी बेपत्ता भएका छन्।
पर्यटन विभागकाअनुसार बुधबार बिहान हिमपहिरोमा डा. छिरी शेर्पा, लाक्पा टेन्डी शेर्पा, लाक्पा रिता शेर्पा बेपत्ता भएका हुन् ।
बेपत्ताको खोजी र उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास भइरहेको विभागका निर्देशक युवराज खतिवडाले बताए ।
उनकाअनुसार एसपिसिसी र इम्याजिन नेपालको संयुक्त टोली उद्धारका लागि मुभ भइसेकेको छ । सगरमाथा बेस क्याम्प र क्याम्प १ को बीचमा पर्ने ड्याम क्षेत्रमा हिमपहिरो जाँदा उनीहरु वेपत्ता भएको विभागले जनाएको छ ।

