


सभामुख निवासमा प्रमुख तीन दलका शीर्ष नेताको भेटघाट

काठमाडौं — सभामुखको निवास बालुवाटारमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटघाट भएको छ ।
सभामुख देवराज घिमिरेको निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुबीच छलफल भएको हो ।
मंगलबार बिहान भएको छलफलमा शीर्ष तीन दलका अन्य नेताहरु पनि सहभागि रहेका छन् ।
यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि सहभागी छन्।
यसैगरी महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा छन्। सभामुख घिमिरेको सक्रियतामा दलहरुबीच छलफल सुरु भएको हो ।
संसदीय सुनुवाइ समिति गठन, संघीय संसद्को संयुक्त कार्यसञ्चालन नियमावली निर्माण र विधेयकलगायतका विषयमा दलहरूबीच छलफल गर्न सभामुख घिमिरेले प्रमुख दलका शीर्ष नेतालाई बोलाएका हुन्।

