एभरेष्टएयरको हेलिकोप्टर धौलागिरीमा दुर्घटना


काठमाडौं — एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरीमा दुर्घटना भएको छ ।

आज (आइतबार) बिहान सम्पर्कबिहीन भएको एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी बेसक्याम्प नजिकै दुर्घटनामा परेको हो ।

धौलागिरी बेसक्याम्पबाट इटालियन बेसक्याम्पमा सामान लिएर जाने क्रममा एभरेष्ट एयरको हेलिकोप्टर आज बिहान ११ बजे पल्टिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौंलाले जानकारी दिएका छन् । उनका अनुसार पाइलट सकुशल छन् । पाइलट सामान्य घाइते भएको बताइएको छ ।

त्यहाँको अवस्था बुझ्न अर्को हेलिकोप्टर गएको छ । (विस्तृत विवरण अाउन बाँकी)

प्रतिक्रिया