

उपनिर्वाचनपछि कांग्रेस मधेश सरकारमा सहभागी हुन्छ : खाँण

काठमाडौं – नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले उपनिर्वाचनपछि कांग्रेस मधेश सरकारमा सहभागी हुने बताएका छन् ।
आइतबार बिहान प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खाँणले सत्ता गठबन्धन दलहरूबीच मधेश प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताउँदै वैशाख १० मा हुने उपनिर्वाचनपछि कांग्रेस मधेश सरकारमा सहभागी हुने बताएका हुन् ।
उनले भने, ‘मधेश प्रदेशसहित अन्य प्रदेशमा पनि सरकारको नेतृत्व आलोपालो गर्ने गरी सहमति भएको हो । उपनिर्वाचन पछि कांग्रेस मधेश प्रदेश सरकारमा सहभागी हुनेछ ।’

