

राष्ट्रपतिको प्रेस सल्लाहकारमा पोखरेल नियुक्त

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेललाई नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले बरिष्ठ पत्रकार पोखरेललाई आजै (आइतबार) कै मितिदेखि लागू हुने गरी प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।
प्रेस युनियनका पूर्वअध्यक्ष तथा पूर्वसूचना आयुक्त पाेखरेल विगत ३ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।
राष्ट्रपति पौडेलले यसअघि नै आफ्नो सचिवालयका साथै केही सल्लाहकारहरु नियुक्त गरिसकेका छन् ।

