लेखराजको घरबाट निस्कँदै प्रचण्ड भन्छन्, ‘यो मेरो पनि घर हो, यो घरसँग मेरो ४० वर्षको सम्बन्ध छ’


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ । आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले नेता भट्टको घरमा पुगे ।

भट्टको घरबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो ४० बर्ष लामो सम्बन्ध रहेको बताए ।

प्रधानमन्त्रीले भने, ‘यो घर मेरो पनि हो । यहाँ मेरो एउटा कोठा छ । सधैँ आएर बस्ने खाने, यो घरसँग मेरो ४० वर्षसँगको सम्बन्ध छ । सामान्य विषयमा कुराकानी हुने नै भयो । अरु त्यस्तो कुनै एजेण्डामा कुराकानी भएन ।’

पूर्वमाओवादी धारका नेता भट्ट एमाले सुदूरपश्चिम इन्चार्जसमेत छन् ।

 

प्रतिक्रिया