

नाम पहिचानकै आधारमा राख्नुपर्थ्यो भन्दै कोशी नामबाट पछि हट्यो माओवादी

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा पार्टीले गल्ती गरेको बताएका छन् । प्रदेश(१ को नामकरणको क्रममा कोशी प्रदेशको पक्षमा मतदान गरेको नेकपा माओवादी केन्द्र एक महिनापछि कोशी नामबाट पछि हटेको हो ।
आज (बुधबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय पदाधिकारीको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महाराले माओवदी पहिचानकै पक्षमा रहेको बताए । प्रवक्ता महराले भने, ‘कोशी नामको विरुद्ध पहिचानको पक्षधरले गरिरहेको आन्दोलनप्रति हाम्रो समर्थन छ । पहिचानको विषयमा हामी पछि हटेका छैनौं । हाम्रो पार्टी निष्पक्ष पहिचानकै पक्षमा छ । पहिचानकै पक्षमा अडान राख्नुपर्थ्यो अलिकति कमजोरी भयो । प्रदेश कमिटीले पनि पहिचानकै पक्षमा छौँ भनिसकेको छ । हामी पनि पहिचानकै पक्षमा छौँ ।’
कोशी प्रदेश नामकरण खारेजीको माग गर्दा आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू ९लाजेहाङ० लाई सहिद घोषणा गर्न पनि माओवादीले माग गरेको छ । महराले भने, ‘आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्ने र राहत दिने कुरा भएको छ । छानविन सरकारले गरिरहेको छ । के कसरी भएको हो भन्ने सरकारले गर्छ । हामी चाहिँ सहिद घोषणा गर्नुपर्छ र राहत दिनुपर्छ भन्ने पक्षमा छौँ ।’
यसअघि, यही १७ गते विज्ञाप्ति जारी गर्दै माओवादीको प्रदेश समितिले पनि पहिचान पक्षधरको कोशी विरोधि आन्दोलनमा समर्थन जानएको थियो । अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ र सचिव गणेश उप्रेदी ‘शुशिल’ले विज्ञाप्ति जारी गर्दै पहिचान पक्षधरको आन्दोलमा सहमति जनाएका थिए ।

