ट्रमा सेन्टर र वीरमा भ्रष्टाचारको लहरो, गुनासो गर्दा पहुँचवालाको मान्छे भन्दै धम्की!


काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र ट्रमा सेन्टरमा पर्यटनमन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री विष्णु पौडेलको नाम भजाएर अनियमितता भएको आरोप लागेको छ।

कर्मचारी भर्ना, सरुवा र खरिदमा ढकाल मन्त्री हुँदा निमित्त निर्देशक बनेका डा. सन्तोष पौडेल, डा. गौरव ढकाल, डा. नवीन पोखलेर, अहेव विष्णु फुयाँल, अर्जुन भेटवाल, आइसीयु र ओटी प्रमुखको मिलेमतोमा अनियमितता भएको आरोप लागेको हो।

टेन्डरमा गुण्तरीय र सस्तो उपकरण दिँदा पनि यो समूहले कमिशन लिँदै महँगो मुल्यमा सामान खरिद गरेको बताइन्छ। यस विषयमा उच्च अदालत पाटनमा मुद्दा परेको बताइएको छ।

२० जना भन्दा बढी स्टाफ नर्स १०जना फार्मेसीमा कर्मचारी गैरकानूनी तरिकाले नियुक्ति गरिएको बताइन्छ। नियुक्तिका क्रममा प्रत्येकबाट २–३ लाख असुलेको ट्रमा सेन्टरका एक जना कर्मचारीले बताए।

सामान्य बिग्रिएको उपकर नवनाउने, कमिसनको कारण नयाँ किन्ने गरिएको छ। २० करोडमा खरिद गरिएको सिटी स्याक्यन मेशिन एक महिनादेखि थन्काएर राखिएको छ।

निर्देशक पौडेल, डा. ढकाल र डा नवीनले बिरामीलाई सिटी स्क्यान र एमआरआई गर्न नीजि अस्पतालमा पठाएर मासिक कमिसन लिने गरेको पनि आरोप लागेको छ।

ट्रमा सेन्टरमा भर्ना भएका विरामीको अपरेशन गर्दा प्रयोग हुने सर्जिकल सामान इम्पान्ट (पाता, स्क्रुर) स्पाइलन सर्जिकल सामान डा. सन्तोष पौडेल र डा. गौरव ढकालले त्रिपुरेश्वरको एक ब्यापारी मार्फत अस्पताल भित्रै ओटी अगाडि र वार्डको बेडमै बोलाएर विरामी लाई किन्न लगाएर कमिशन लिने गरेको बताइन्छ।

डा नवीन पोखलेरले अप्रेशन गर्दा बेहोस बनाउने र आइसीयुको सामान आफ्नै ससुराको फर्म मार्फत निर्देशक पौडेलको मिलेमतोमा विना टेन्डर फार्मेसी मा राख्न लगाएर महँगोमा खरिद गर्न लगाउने गरेको कर्मचारी बताउँछन्।

डा. गौरव ढकाल र डा. नवीनले भनेको बाहेक अरु कम्पनीको सामान विमारीले किनेमा विरामीको अपरेशन नै बिभिन्न बाहना गरेर रद्द गरी फिर्ता गर्दै आएको बताइन्छ।

भष्ट्राचारको बिरोध गरेमा उनीहरूले स्वास्थ्य सचिव, मन्त्रिलगायतको मान्छे भन्दै थर्काउने र सरुवा गरिदिने धम्की दिँदै आएको आरोप लागेको छ।

यता वीर अस्पतालको खरिद इकाईमा पाच बर्षदेखि व्यापारीसँग मिलेमतोमा काम गरिरहेको समूहलाई कारबाही गरिएको छैन। सार्वजनिक खरिद अनुगमन कार्यालय, महालेखा, राष्ट्रिय सर्तकता केन्द्र, प्रधानमन्त्री कार्यालयको सुसाशन समितिले पनि कारबाहीका लागि निर्देशन दिएको थियो।

निर्देशक केदार सेन्चुरीm  खरिद प्रमुख नर्स भगवती थपलिया, सुव्वाहरु विजय लामा, श्याम बिकलगायतलाई छानविन गर्ने अत्तिख्यार दुरुपयोग आयोगमा एक दर्जन भन्दा उजुरी रहेको छ।

कर्मचारीहरूले यस विषयमा बोल्दा थपलियाले सिधै डर देखाउने, धम्काउने, सरूवा गर्दिने र गुन्डा लगाएर पाटिदिन्छु भन्दै हिडने गरेकी छन्। उक्त विषयमा उपकुलपतिको कार्यालयमा जानकारी गराए पनि कुनै सुनुवाई नभएको कर्मचारीको आरोप छ।

प्रतिक्रिया