सेतो मच्छिन्द्रनाथको रथलाई आज हनुमानढोकाबाट लगन पुर्याइँदै


काठमाडाैं – सहकाल र करुणाका प्रतिक सेतो मच्छिन्द्रनाथको रथलाई आज काठमाण्डाैको हनुमानढोकाबाट तानेर लगन पुर्याइँदैछ ।

आज दिउँसो चार बजेपछि रथलाई हनुमानढोकाबाट तानेर चिकंमुगल, मजिपाट, जैसिदेगल, ज्याबहाल हुँदै लगन पुर्याइने सेतो मच्छिन्द्रनाथ रथयात्रा समारोह समितिले जनाएको छ ।

हिजो बेलुकी असनबाट रथ तानेर हनेमानढोका पुर्याइएको हो । हनुमानढोकामा मच्छिन्द्रनाथको दर्शन गर्नको लागि बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ।

यसैबीच ललितपुरको रातो मच्छिन्द्रनाथको महास्नान आउँदो २४ गते गरिँदैछ भने दोलखाको रातो मच्छिन्द्रनाथको महास्नान २३ गते गरिनेछ । २४ गते दोलखाको रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गरेर २५ गतेदेखि रथलाई दोलखाको विभिन्न ठाउँमा तानेर जात्रा गरिनेछ ।

प्रतिक्रिया