

नेपाल कार्टुनिस्ट क्लब अध्यक्षमा बासु क्षितिज

काठमाडौं- नेपाल कार्टुनिस्ट क्लबको नयाँ कार्यसमिति गठन गरिएको छ ।
हालै बसेको क्बलको साधारण सभाले बासु क्षितिजको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको जनाइएको छ । क्लबका उपाध्यक्षमा देवेन्द्र थुम्केली, महासचिव रवि मिश्र, सचिव भानु भट्टराई र कोषाध्यक्ष रविन्द्र मानन्धर रहेका छन् ।
यसैगरी सदस्यमा योगेश खपाङ्गी दिपक गौतम, उमेश्चन्द्र अधिकारी, सुजिता महर्जन र आरके थापा छ्न् ।

