


देशभर थप ४२ जनामा कोरोना पुष्टी, सक्रिय संक्रमित १२३ पुगे

काठमाडौं – नेपालमा गत तीन दिनमा प्राप्त तथ्यांकअनुसार थप ४२ जनामा कोरोना पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९१५ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा १७ जना संक्रमणमुक्त भएका छन् भने ४१ हजार ४ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार अहिलेको अवस्थामा नेपालमा १२३ जना सक्रिय संक्रमित रहेका छन् ।

