देशभर थप ३४ जनामा कोरोना पुष्टी


काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टीजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार यो ६ दिनको एकमुष्ट विवरण हो । मन्त्रालयले देशभर पीसीआर विधिबाट सक्रिय सङ्क्रमितको सङ्ख्या १०३ पुगेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६१ हजार १२९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया