मिटरब्याजीलाई कारबाही गर्ने कानुन बनाउने मन्त्रीपरिषद्को निर्णय


काठमाडौं – मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन बन्ने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मिटर ब्याज लगाउनेहरूलाई कारबाही गर्नेगरी कानुन संशोधन गर्ने निर्णय गरेको जनाइएको छ ।

‘मिटरब्याजको सम्बन्धमा मुलुकी अपराध संहितामा समावेश गर्ने भन्ने कुरा छ,’ एक मन्त्रीले भने ।

केही दिनदेखि काठमाडौंमै आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूका समस्या बुझ्न उनीहरूसँग वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गासहितको वार्ता टोली गठन गरेका हुन्।

प्रतिक्रिया