

कोरोनाविरुद्धको खोपः दोस्रो चरणमा पत्रकार र कुटनीतिक क्षेत्रका कर्मचारी

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्ध पहिलो चरणको खोप कार्यक्रम सम्पन्न भएको छ । यसपछि दोस्रो चरणमा पत्रकार र कुटनीतिक क्षेत्रका कर्मचारीहरुलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । डा. गौतमका अनुसार भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।
जसअनुसार प्रदेश नं. १ मा २४ हजार २२४, प्रदेश नं. २ मा २५ हजार ६३७, बागमती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जना छन् ।
यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने जनाएको छ ।

