इङ्लिस प्रिमियर लिगमा एभर्टन छैठौं र एस्टोन भिल्ला आठौं स्थानमा प्रवेश


काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टन छैठौं स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ३–३ गोलको बराबरी खेल्दै एभर्टन छैठौं स्थानमा उक्लिएको हो । यस्तै एस्टोन भिल्ला आठौं स्थानमा उक्लिएको छ ।

गए राति भएको खेलमा आर्सनललाई १–० गोल अन्तरले पराजित गर्दै एस्टोन भिल्ला आठौं स्थानमा उक्लिएको हो । गए राति भएको अर्काे खेलमा बर्नली र ब्राइजटोनले १–१ गोलको बराबरी खेलेका छन् भने फुलह्याम र वेष्ट ह्यामबीचको खेलमा दुवै समूहले गोल गर्न सकेनन् ।

अतिरिक्त समयमा पनि यी दुई समूहबीचको खेल गोलरहित बराबरीमा सकिएको हो । यस्तै न्युक्यासल युनाइटेडले साउथ ह्याम्टनलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । जारी लिगमा म्यानचेस्टर सिटी ४७ अंकसहित शीर्ष स्थानमा रहेको छ । एजेन्सी

प्रतिक्रिया