नेपालमा बढ्न थाल्यो कोरोना, एकैदिन ६९ जनामा संक्रमण पुष्टी


काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६९ जनामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा १२६६ जनाको नमूना परिक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा १ जनामात्र कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको छ । यसअघि आइतबार १६ जनामा कोरोना पुष्टी भएको थियो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर ३४ हजार ८८१ ले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

May be an image of 1 person

प्रतिक्रिया