भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तीन नेताको निर्णय


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भोलि (मंगलबार) पूर्णता पाउने भएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि भोलि दिउँसो ४ बजे १० दलको बैठक बस्ने जनाइएको छ ।

प्रतिक्रिया